तुलसीपुर, बैशाख १५ । दाङमा बुधवार १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सय ७३ पुगेको छ । बुधवार सम्म सबैभन्दा धेरै संक्रमित तुलसीपुरमा रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र ४४९, घोराहीमा ४०८, लमहीमा ३९, बबईमा २२, राप्तीमा १७, शान्तिनगर १३, गढवा १२, दंगिशरण ११, बंगलाचुली र राजपुरमा समान १÷१ जना संक्रमित फेला परेका छन् ।
सक्रिय संक्रमित मध्य ४० जना बेलझुण्डी कोरोना बिशेष अस्पतालमा भर्ना भएका छन् ।
भेरी अस्पताल नेपालगञ्जमा ८ र नेपालगञ्ज मेडिकल कलेजमा ६ जना संक्रमितको उपचार भइहरेको जिल्ला जनश्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । त्यसबाहेक थप ९ सय १९ जना होमआइसोलेनमा बस्दै आएका छन् ।
जिल्लामा कोरोना संक्रमण बाट हालसम्म ६९ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
