२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरमा हप्ता दिन बिदेशबाट आएका श्रीमानले गरे श्रीमतीको हत्या

तुलसीपुर बैशाख १४ । दाङको तुलसीपुरमा हप्ता दिन अगाडि बिदेशबाट फर्केका श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ श्रीगैंका २६ बर्षीय पदम पोखरेलले ढुंगा प्रहार गरि २५ बर्षीया श्रीमती बिपना रेग्मीको हत्या गरेका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंगलबार राति साढे ९ बजेतिर पोखरेलले श्रीमति बिपना माथि  ढुंगा प्रहार गरि गंम्भीर घाइते तुल्याएका थिए । 

गम्भीर अवस्थाकी बिपनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनास्थल तुलसीपुर बजारदेखि करिब २ किलोमिटर उत्तरमा पर्छ । पदम हप्ता दिन अगाडि मात्रै बिदेशबाट घर आएका थिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *