२०८३ असार २ गते मङ्गलवार

दाङमा थपिए १०९ नयाँ संक्रमित

तुलसीपुरमा सक्रिय संक्रमितको संख्या ४०२ पुग्यो

तुलसीपुर, बैशाख १४ । दाङमा मंगलबार १०९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो समय जिल्लामा दैनिक एक सय बढी संक्रमित फेला पर्न थालेपछि समुदायस्तरमा कोरोना पैmलिएको आशंका गरिएको छ । सोमबार दाङमा १४४ जना संक्रमित फेला परेका थिए ।

त्यस्तै मंगलबार बेलुकासम्म जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ८४९ पुगेको छ । जिल्लामा सबैभन्दा धेरै संक्रमित तुलसीपुरमा फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपािलका क्षेत्र भित्र ४ सय २ जना संक्रमित फेला परेका छन् । मंगलबार तुलसीपुरमा थप ६३ जना नयाँ संक्रमित फेला परेका छन् । बितेको २४ घन्टामा तुलसीपुरका एक जनाको मृत्यु भएको छ । हालसम्म तुलसीपुरमा मात्रै २८ जनाको मृत्यु भइसकेको तुलसीपुरका फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

तुलसीपुरमा हालसम्म १ हजार २ सय ६९ जना संक्रमित भएकोमा ८ सय ५७ जनाले किरोना जितेका छन् ।

संक्रमितको ग्राफ हेर्दा घोराही दोस्रो स्थानमा देखिएको छ । जहाँ मंगलबार बेलुकासम्म ३४५ जनालाई संक्रमन पुष्टि भएको छ ।

त्यस्तै लमही नगरपालिकामा ३२, बबई गाउँपालिकामा २५, राप्ती गाउँपालिकामा १२, दंगिशरण र शान्तिनगरमा समान ११ ÷ ११ , गढवामा ९ र बंगलाचुली र राजपुरमा समान १÷१ जना संक्रमित रहेका छन् ।

हालसम्म कुल पोजेटिमको संख्या ४ हजार ६ सय ९६ पुगेको छ भने त्यसमध्य ३ हजार ६ सय ९३ निको भइ घर फर्किएका छन् । जिल्लामा हालसम्म ६१ जनाको कोरोना संक्रमितको मृत्यु भएको जिल्ला जनश्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *