दाङ, बैशाख १४ । बाँकेमा एकै दिन ६ सय ३९ नयाँ संक्रमित थपिएका छन् ।
भेरी अस्पताल नेपालगञ्जमा ३८३,मेडिकल कलेज कोहलपुरमा १४५, बागेश्वरी ल्याबमा १०९, जमुनाहा नाकामा २ जना गरी एकैदिन ६३९ जना नयाँ संक्रमित थपिएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।
भेरी अस्पतालमा ४ सय ७६ जनाको पीसीआर जाँच गर्दा ३ सय ८३ लाई संक्रमन पुष्टि भएको वलीले जानकारी दिए ।
मंगलवार फेला परेका ३ सय ८३ संक्रमित मध्ये २ सय ९९ जना बाँकेका बासिन्दा रहेका छन् । त्यस्तै बर्दिया जिल्लाका २१ जना संक्रमित फेला परेका छन् ।
नेपालगञ्ज नगर क्षेत्रका मात्रै २ सय ३६, कोहलपुर नगरका २५ जना संक्रमित फेला परेका छन् । मंगलबार फेला परेका संक्रमितहरु २० देखि ४० बर्ष उमेर समुहका छन् ।
त्यस्तै भेरी अस्पतालमा मंगलबार २७ पुरुष र ५७ महिला संक्रमन मुक्त भएर घर फर्किएका छन् ।
प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार