दाङ, बैशाख १३ । बाँकेमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ । मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका वडा नं. ५ की ४५ बर्षीया महिलाको सोमबार बिहान ७ बजेतिर मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीले ती महिला बैशाख १२ गते उपचारका लागि अस्पताल भर्ना भएको बताए ।
संक्रमन पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको स्वास्थ्यमा सुधार नआएपछि बिहान मृत्यु भएको वलीले बताए । यो संगै बाँके जिल्लामा ८७ जनाको कोरोनाले गर्दा मृत्यु भएको वलीले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार