२०८१ चैत्र ९ गते शनिवार

बाँकेमा २४ घन्टामा १० जनाको मृत्यु

दाङ, बैशाख १२ । मेडिकल कलेज नेपालगञ्जमा बाँकेकी थप एक महिलाको मृत्यु पछि कोरोना पुष्टि भएको छ । जिल्लाको खजुरा गाउँपालिका वडा नं. ८ की ५२ बर्षीया महिलाको मृत्यु पछि रिपोर्ट पोजिटिभ आएको हो ।

जिल्ला फोकल पर्सन तेज वलीका अनुसार उनको शनिवार मृत्यु भएको थियो । तर, उनको पिसिआर रिपोर्ट आइतवार पोजेटिभ आएको वलीले बताए । मृत्यु भन्दा पहिले नै उनको स्वाब संकलन गरिएको र रिपोर्ट आइतवार मात्रै प्राप्त भएको वलीले जानकारी दिए ।

यो संगै बाँके जिल्लाका ८६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि बाहिरी जिल्लाबाट बाँके लगिएका थप १०४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म बाँकेमा १९० जनाको मृत्यु भइसकेको छ ।

बाँकेमा बितेको २४ घन्टामा बाँकेका १० जनाको मृत्यु भएको फोकल पर्सन वलीले बताए । बाँकेमा आइतवार थप १८१ नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *