२०८१ चैत्र ६ गते बुधवार

दाङ बबईकी ३९ बर्षीया महिलाको बाँकेमा मृत्यु

दाङ, बैशाख १२ । कोरोना भाइरस संक्रमित दाङकी एक ३९ बर्षीया महिलाको बाँकेमा मृत्यु भएको छ । बबई गाउँपालिका वडा नं. ४ की उनको नेपालगञ्ज मेडिकल कलेजमा आइतबार बेलुकी साढे ६ बजे मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार उनलाई आइतवार मात्रै कोरोना संक्रमन पुष्टि भएको थियो । त्यसपछि दिउँसो १२ बजे उनी उपचारका लागि भर्ना भएकी थिइन ।

यो संगै बाँकेमा बाहिरी जिल्लाहरुबाट उपचारका लागि गएका मध्य १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *