२०८१ जेष्ठ १३ गते आइतवार

कोरोना संक्रमण देखिएपछि आत्महत्या

दाङ, वैशाख १२।कोरोना संक्रमण देखिएपछि होम आइसोलेसन बसेका बाँकेका एक पुरूष मृत भेटिएका छन्।कोहलपुर ९ बाँकेका ६० वर्षका बमबहादुर खत्री मृत भेटिएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए।

उनको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम आइसोलेसनमै राखिएको थियो।उनको शव शनिबार बेलुकी घरमै भेटिएको प्रहरीले जनाएको छ। उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

उनको शव नेपाली सेना र परिवारका सदस्यले अन्तेष्टी गर्नेछन्। यससँगै बाँकेमा कोरोनाबाट ८३ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *