२०८१ चैत्र ९ गते शनिवार

कोरोनाले बाँकेमा थप २ महिलाको मृत्यु

दाङ, बैशाख १२ । कोरोना संक्रमित थप दूई महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा कोहलपुर नगरपापिलका वडा नं. १० बाँकेकी ३६ बर्षीया महिलाको मृत्यु भएको छ ।

उनको आइतवार बिहान साढे २ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । उनी बैशाख १० गते कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन ।

त्यस्तै बाँकेको खजुरा ३ की ४७ बर्षीया अर्की एक महिलाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । फोकल पर्सन वलीले उपचारका क्रममा उनको मृत्यु शनिवार राति साढे १० भएको बताए । उनी बैशाख १ गते अस्पताल भर्ना भएकी थिइन ।

यो संगै बाँकेमा कोरोना संक्रमित ८१ जनाको मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *