दाङ, बैशाख ११ । शनिबार बाँकेमा थप ३४७ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लाका बिभिन्न ल्यावमा गरिएको परिक्षणमा बाँकेका ३४७ जनालाई संक्रमन पुष्टि भएको छ । बाँके बाहिरका समेत गरि बाँकेमा शनिवार कुल ४२९ जनामा संक्रमण पुष्टि भएको फोलक पर्सन तेज वलीले बताए ।
भेरी अस्पतालको ल्यावमा २८८ जनाको स्वाव परिक्षण गर्दा बाँकेका १७१ र बाँके भन्दा बाहिरी जिलका थप ३३ जनामा संक्रमण पुष्टि भएको थियो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्यावमा १५८ जनाको स्वाव परिक्षण गर्दा बाँकेका ९० र बाहिरका २८ जना र वागेश्वरी पोलिक्लिनिक सेन्टरको ल्यावमा १४० जनाको स्वाव परीक्षण गर्दा बाँकेका ८६ र बाहिरी जिल्लाका ७ जनामा संक्रमन पुष्टि भएको फोकल पर्सन वलीले बताए ।
त्यस्तै जमुनाह नाकास्थित हेल्थ डेस्कमा एन्टिजिन विधि मार्फत ६९ परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको वलीले जानकारी दिए ।
योसहित बाँकेमा कुल संक्रमितको संख्या ७ हजार १ सय ९७ पुगेको छ । हाल बाँकेमा सक्रिय संक्रमितको संख्या २ हजार १ सय २७ रहेको फोकल पर्सन वलीले बताए ।
