काठमाडौं,वैशाख ११ । पछिल्लो २४ घण्टामा नेपालमा थप २६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल १६ हजार ८२८ संक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार