२०८१ चैत्र १४ गते बिहिवार

तुलसीपुरमा कोरोनाबारे सचेतना अभियान

मास्क नलगाए जरिवाना

तुलसीपुर,बैशाख ११ । कोरोना संक्रमित बढ्दै गएपछि तुलसीपुर क्षेत्रमा फेरि प्रहरी प्रशासनले मास्क नलगाइ हिडडुल गर्नेहरुलाई कारवाही अभियान सुरु गरेको छ । कोरोना तीब्र रुपमा फैलिदै गएपपछि मास्क नलगाई अटेरी गरि हिड्डुल गर्नेहरुलाई आर्थिक जरिवाना गर्न थालिएको हो ।

तुलसीपुर उधोग बाणिज्य सघंको अगुवाइमा बजार क्षेत्रमा कोरोना बारे सचेतनामुलक कार्यक्रम सुरु गरिएको महासचिब बिनिल केसीले जानकारी दिए ।

शुक्रवारदेखि अभियानका रुपमा सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य,सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिबी राणा, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंह,तुलसीपुर उबासघंका पुर्ब अध्यक्ष बिमल रिजाल, त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल,तुलसीपुर नगर जेसिजका अध्यक्ष नारायण भट्टराई लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *