२०८३ असार २ गते मङ्गलवार

काठमाडौंंको नव निर्मित धरहरा प्रधानमन्त्रीले उद्घाटन गर्दै


काठमाडौं, बैशाख ११ । काठमाडौंको नब निर्मित धरहरा शनिवार उद्घाटन गर्न लागिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्ने भएका छन् । २०७२ सालको भूकम्पले ढलेपछि पुनः धरहरा निर्माण गरिएको हो ।

नयाँ धरहरा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना छ। जमिनमाथि भुइँतलासहित २३ तला छ । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३ दशमलव ८५ मिटर छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न मिल्ने छ ।

२० औं तला बाहिर २ दशमलव ५ मिटर चौडाइको बार्दली राखिएको छ । २२ औं तलामा पुरानो भत्किएको धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ।

धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सार सम्बन्धी संङग्रालय निर्माणको काम भइरहेको छ ।

धरहरा क्षेत्रमा आकर्षक बगैचा र संगीतमय पानीको फोहरासमेत निर्माण गरिने भएको छ ।
धरहराको उद्घाटन भएपनि सर्वसाधारणका लागि भने अझैं त्यो खुल्ला नहुने भएको छ । निर्माणको काम अझैं बाँकी रहेको हुँदा सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला नहुने भएको हो ।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *