तुलसीपुर, बैशाख १० । तुलसीपुरमा थप ४१ नयाँ संक्रमित थपिएका छन् ।तुलसीपुर उपमहानगरपलिकाका फोकल पर्सन विमल केसीका अनुसार शुक्रवार ८ बर्षीय बालकसहित ७९ बर्षी जेष्ट नागरिकलाई संक्रमन पुष्टि भएको छ । त्यसमा तीन जना शिक्षक शिक्षिका समेत रहेका छन् ।
अन्य दिनहरु जस्तै शुक्रवार पनि तुलसीपुर ६ मा सबैभन्दा धेरै १५ नयाँ संक्रमित थपिएको फोकल पर्सन केसीले बताए । नयाँ संक्रमित मध्य २० महिला र २१ पुरुष रहेका छन् ।
त्यसमध्य एकजना ७९ बर्षीय जेष्ट नागरिकको मृत्यु भएको उनले बताए । तुलसीपुरमा सक्रिय संक्रमितको संख्या १७५ पुगेको छ । हालसम्म तुलसीपुरमा २६ जना संक्रमितको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार