नारायणपुर, बैशाख १० । जिल्लाका उच्च तहका सुरक्षाकर्मी शुक्रवार नारायणपुरको सडकमा देखिए । कोरोना भाइरस सङ्क्रमण बढिरहँदा सर्वसाधारणलाई त्यसबारे सचेतनाका जगाउन उनीहरु सडकमा आएका थिए ।
दाङ जिल्लाका सहायक सिडियो चिरञ्जीवी राना , जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द, राष्ट्रिय अनुसन्धानका एसपी अर्जुन भण्डारीसहितका अधिकारी नारायणपुर उद्योग वाणिज्य संघले थालेको सचेतता कार्यक्रममा सहभागी भएर सचेतना बाँडेका हुन ।
उनीहरुले पसलहरुमा पुगेर व्यवसायीहरूलाई सचेत तुल्याए । सतर्कता अपनाएर मात्रै व्यवसाय सञ्चालन गर्न आग्रह गरे । मास्क नलगाएका पैदल यात्रीहरूलाई मास्क प्रदान गरे ।
कोरोनाबाट सजग रहन सुझाए । सवारी यातायातका चालक र यात्रुलाई पनि स्वास्थ्य सतर्कता बारे अवगत गराए ।
कोरोना भाइरस बारे चेतनामूलक अडियो जिङ्गलसहित सचेतना कार्यक्रममा सहभागी भएका सुरक्षाकर्मीले नागरिकको स्वास्थ्यप्रति सचेत रहने कार्यक्रमलाई निरन्तरता दिन संघलाई आग्रह गर्दै आफ्नो पनि सक्रिय सहभागिता रहने प्रतिवद्धता जाहेर गरे ।
कोरोना सङ्क्रमणको दोस्रो लहरले उच्च रूप लिइरहँदा सचेतनाका लागि चेतनामुलक कार्यक्रमहरू हुँदै आएका छन । कोरोनाको उच्च जोखिम बढ्दै गइरहेको बेला नारायणपुर उद्योग वाणिज्य संघले पनि चेतनामूलक कार्यक्रम सञ्चालन गरेको अध्यक्ष अभियान बस्नेतले बताए ।
उनले. व्यापार व्यवसाय स्वास्थ्य मापदन्डको पूर्ण पालना गरेर सञ्चालन गर्न सबैलाई आग्रह गर्दै आएका छन् ।यस्तै सचेतना मुकल कार्यक्रमहरु जिल्लाका घोराही र तुलसीपुर लगाएका क्षेत्रमा भएका छन् ।