२०८१ जेष्ठ १३ गते आइतवार

कोरोनाबाट बाँकेमा थप ३ जनाको मृत्यु

दाङ, बैशाख १० । कोरोना भाइरसको संक्रमनका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सल्यानका एक र बाँकेका दूई जना रहेका छन् । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ का २८ बर्षीय मानबहादुर पुनको शुक्रवार बिहान उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत सल्यानको बनगाड ३ का ५६ बर्षीय विरबहादुर नेपाली बाँकेको जानकी १ की ७१ बर्षीया महिला सुमन पाठकको मृत्यु भएको वलीले जानकारी दिए ।

नेपाली र पाठकको बिहीबार राति नै मृत्यु भएको थियो । बाँकेमा बितेको २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय बाँकेमा तीव्र रुपमा कोरोना संक्रमन बढेपछि अस्पतालहरु बिरामीले भरिभराउ भएका छन् । बिरामीले अक्सिजन र बेड पाउन मुस्किल परेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *