तुलसीपुर,बैशाख ९ ।दाङको तुलसीपुरमा कोरोना संक्रमितको कुल सङ्या ९ सय ८९ पुगेको छ । यी मध्ये सक्रिय संक्रमितको संख्या १ सय ३४ छ ।
तुलसीपुर उपमहागरपालिका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार तुलसीपुरका १९ वटै वडाहरुको तथ्याङ्क हेर्दा सबै भन्दा बढी संक्रमित वडा नं ६ छन ।
हाल वडा नं ६ मा ५३ जना संक्रिय कोरोना संक्रमित रहेको केसीले बताए । यी मध्ये ३२ जना पुरुष छन भने २१ जना महिला छन ।
त्यस्तै उनले वडा नं ५ मा १८ जना,वडा नं ७ मा ८ जना,वडा नं ११ मा ७ जना,वडा नं ३ मा ६ जना,वडा नं ९ मा ६ जना,वडा नं १८ मा ५ जना,वडा नं १० मा ५ जना संक्रिय संक्रमित रहेको जानकारी दिए ।
त्यस्तै वडा नं १ मा ३ जना,वडा नं २ मा २ जना,वडा नं ४ मा २ जना,वडा नं ८ मा १ जना,१२ मा ४ जना,वडा नं १३ मा २ जना,वडा नं १४ मा १ जना,वडा नं १५ मा ३ जना,वडा नं १६ मा शुन्य ,वडा नं १९ मा २ जना गरि १ सय ३४ जना सक्रिय संक्रमित रहेका छन ।
संक्रमित हुनेहरु ११ वर्ष उमेर देखि ६८ वर्षसम्मका रहेको फोकल पर्सन केसीले जानकारी दिए ।
यी मध्ये ८७ जना पुरुष छन भने ४७ जना महिला रहेका छन ।
उनले तुलसीपुरमा कुल संक्रमित ९ सय ८९ मध्ये ८ सय ३६ जना निको भैसकेको बताए ।
केसीका अनुसार ८ जना संक्रमितहरु कोरोना अस्पताल बेलझुण्डी र बाँकेको नेपालगञ्जमा उपचाररत छन भने अन्य बाँकी होमआइसोलेशनमै छन ।
कोरोना संक्रमण पुष्टि भएका अधिकांश संक्रमितहरु लक्षण सहितको रहेको केसीले जानकारी बताए । साथै कोरोनाबाट तुलसीपुरमा हालसम्म २५ जनाको मृत्यु भैसकेको छ ।
बिहिवार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
यसैबिच तुलसीपुरमा विहीबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।
तुलसीपुर उपमहानगरपालिका फोकल पर्सन केसीका अनुसार बिहिवारको पीसीआर परीक्षण रिपोर्ट अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा १६, वडा नं. ३ मा ४, वडा नं. ४ मा १, वडा नं. ५ मा २, वडा नं. ७ मा २, वडा नं. मा ३, वडा नं. १० मा ३, वडा नं. १५ मा १, वडा नं. १७ का २, वडा नं. १८ र १९ मा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका सबै संक्रमित लक्षण सहितका छन ।