२०८१ जेष्ठ १६ गते बुधवार

बिमल रिजालको नेतृत्वमा अस्पताल परिशरको सरसफाई


तुलसीपुर, वैशाख ८ । राप्ती प्रादेशिक अस्पताल परिसरमा बुधवार बिहान तुलसीपुर क्षेत्रका सघं सस्थाहरुले अस्पताल परिशरमा सरसफाई गरेका छन । सरसफाई अभियान्ता बिमल रिजालको पहलमा सरसफाई भएको हो ।

रोट्रयाक्ट क्लब ,रोटरी क्लव अफ तुलसीपुर, लियो क्लब र र तुलसीपुर उधोग बाणिज्य संघ लगायतका संघ संस्थाहरुले अस्पताल परिशरमा सरसफाई गरेका हुन ।

त्यसक्रममा बोट बिरुवालाई सिंचाई समेत गरिएको हो । रिजालले ट्याङकरबाट पानी मागेर अस्पताल परिशरका बोट विरुवामा सिंचाई गरेका हुन । नयाँ वर्षका दिनमा पनि उनले ‘ङ’ लाईनमा लगाइएका बोट विरुवालाई पानी चारेका थिए ।

त्यस्तै रोट्रयाक्ट क्लबले लांखौ रुपैया खर्च गरेर अस्पताल परिशरमा निर्माण गरेको ग्रिन पार्कमा थुपारिएका निर्माण समाग्री पनि हटाइएको छ । पार्कमा निर्माण कम्पनिले जथाभाबि काठ लगाएतका निर्माण सामाग्री राखेपछि एकातिर पार्कको शोभा नै घटेको थियो भने अर्कौ तर्फ बोट विरुवालाई क्षति पुगेको थियो ।

पार्क को सरक्षणमा अस्पताल प्रसासनले चासो नदिएको भन्दै रोट्रयाक्ट क्लबले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *