काठमाडौं, वैशाख ८। नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८९ हजार ९१८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर आठ हजार ८४४ नमूनाको पिसिआर परीक्षण र ८०३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार २ सय २० जना र एन्टिजेन विधिबाट १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा २८७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार