दाङ, वैशाख ८ । बाँकेमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमाहानगरपालिका वडा नं. १२ का ७० बर्षीय पुरुषको भेरी अस्पताल नेपागञ्जमा उपचारका क्रममा मध्यराति मृत्यु भएको छ ।
जिल्ला कोरोना फोकल पर्सन तेज वलीका अनुसार उनलाई चैत २९ गते संक्रमन पुष्टि भएको थियो । यो संगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार
