दाङ, वैशाख ७ । बाँके जिल्लामा बैशाख ९ गतेदेखि पुनः लकडाउन हुने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको मंगलबारको बैठकले संक्रमनको दर उच्च बनेपछि ९ गतेदेखि पुनः लकडाउन गर्ने निर्णय गरेको हो ।
तीब्र रुपमा संक्रमन फैलिन थालेपछि त्यससंग जुध्न लकडाउनको विकल्प तत्काल नदेखिएको हुँदा ९ गतेदेखि लकडाउन गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
जिल्ला भर नै लकडाउन गर्ने कि कुन–कुन क्षेत्रमा गर्ने भनेर टुँगो भोलि लगाइने उनले बताए । बाँकेमा सोमबार एकै दिन ३२२ जना नयाँ संक्रमित थपिएका थिए ।
प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार
