२०८१ बैशाख ७ गते शुक्रवार

गृहमन्त्री बादललाई सांसदबाट हटाउन माओवादी केन्द्रको पत्र

काठमाडौं, चैत २७ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई सांसदबाट हटाउन राष्ट्रिय सभालाई पत्रचार गरेको छ ।

माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयलाई बिहीवार पत्र पठाएर थापालाई दलबाट हटाएको सूचना दिएको हो ।

थापा नेकपा एमालेमा प्रबेश गरेपछि माओवादी केन्द्रले उनलाई आफ्नो पार्टीको सदस्य नरहेको भन्दै सांसदबाट हटाउन आग्रहका साथ पत्र लेखेको हो ।

यसभन्दा पहिले माओवादीबाट निर्वाचित भएका सांसदहरू टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रकै कारण सांसद पद गुमिसकेको छ ।

उनीहरुले पनि पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरका कारण उनीहरुको सांसद पद गुमेको हो ।

प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *