
फाइल तस्विर, तस्बिर : राजेश खत्री ।
काठमाडौं, चैत १९। नेकपा एमालेका नेता योगेश भट्टराईले अहिले नेपालमा विद्वानमाथि कारबाही हुने गरेको बताएका छन ।
भट्टराईले सामाजिक सञ्जालमा टुइटरमा लेखेका छन, ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन । कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।,
बिहीवार एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बन गरेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।
ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन ।
कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।— Yogesh Bhattarai (@yogesbhattarai) April 1, 2021