२०८१ चैत्र ९ गते शनिवार

भारतमा लगेर युवतिलाई ५० हजारमा बेच्ने आरोपित पक्राउ

दाङ, चैत ९ । बाँके प्रहरीले एक युवतिलाई बेहोस बनाई भारतमा लगेर ५० हजारमा बिक्रि गर्ने आरोपितलाई पक्राउ गरेको छ । बाँके जिल्लाको साबिक नरैनापुर गाविस वडा नं. ९ र हाल नेपालगञ्ज उपमहागनरपालिका वडा नं. २१ का ३२ बर्षीय अमर क्षत्री कार्कीलाई ६ बर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०७१ साल असार २८ गते कार्कीले एकजना २० बर्षीया युवितिलाई मिठाई खुवाएर बेहोस बनाई छिमेकी देश भारतको बहिराइच लगेका थिए । त्यहाँबाट पनि लखनउ लैजान भन्दै नाम थर र पहिचना नभएका व्यक्ति कहाँ लगेर ५० हजारमा बेचेको भन्ने उजुरीका आधारमा कार्कीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

त्यसयता फरार रहँदै आएका आरोपित कार्कीलाई चैत ८ गते पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *