२०८२ बैशाख ३० गते सोमवार

लुहाम प्रहरी प्रमुख यादब बिरुद्ध दश हजार घुस मागेको उजुरी

दाङ, चैत ३ । इलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरिक्षक श्यामकुमार यादव विरुद्ध सेवाग्राहीबाट दश हजार घुस मागेको उजुरी परेको छ । 

एक जना बिममाका कर्मचारीले दूर्घटना प्रमाणित गरिदिन   प्रहरी निरिक्षक यादव कहाँ पुग्दा सोमवार  दश हजार रुपैंया घुस मागेको एक जना सेवाग्राहीले प्रहरीमा लिखित उजुरी दिएका छन् । 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नव कान्तिपुर भलाई तथा इन्भेष्ट कम्पनी प्रालीका शाखा म्यानेजर महेन्द्र महराले प्रहरी निरिक्षक यादवका बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा सोमवार लिखित उजुरी दिएको बताए ।

फागुन २ गते सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ स्थित तल्लो बजारमा बा ४ ख ५३६३ नम्बरको बस अनियन्त्रित भइ दूर्घटना भएको थियो यो । बस स्थानीय एक व्यक्तिको घरमा ठोक्किएको थियो । 

दूर्घटना पछि प्रहरी चौकी कपुरकोटमा छलफल भइ घर धनिलाई घर मर्मतका लागि एकलाख ९० क्षतिपूर्तिदिने सहमति भइ सकेको शाखा म्यानेजर महराले बताए ।

   

कपुरकोट प्रहरी चौकीमा लिखित निवेदन वा उजुरी नलिने हुँदा महरालाई इप्रका लुहाम पुग्नु पर्ने बाध्यता  भयो । त्यसैले महरा सोमबार बिहान दश बजे नै  इप्रका पुगे ।

प्रहरी निरिक्षक यादवले महरालाई दूई घन्टा कुराए । १२ बजे मात्रै कार्यालयमा प्रवेश दिए । 

प्रहरी निरिक्षक यादवले दश हजार घुस दिए मात्रै दूर्घटना प्रमाणित हुने नत्र नहुने कुरा गरे । 

‘निशुल्क हुने दूर्घटना प्रमाणित गर्न खोज्दा उहाँले गर्ने मान्नु भएन,’ म्यानेजर महराले भने ‘ दश हजार भन्दा एक पैंशा कम भएपनि प्रमाणित हुँदैन, भन्नु भयो ।’

त्यसपछि आफु जिल्ला प्रहरी कार्यालय खलंगा पुगेर सोही दिन उजुरी दिएको महराले बताए । उजुरी  परे लगतै आन्तरिक अनुसन्धान र छानविन सुरु भएको तथा यादवलाई स्पष्टिकरण सोधिएको जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए । 

आफुहरुले स्पष्टिकरण सोधिसकेको हुँदा चित्त बुझ्दो जवाफ नआए विभागले उनलाई सेवाबाट निलम्बन सम्म गर्न सक्ने उनले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *