२०७८ बैशाख ४ गते शनिवार

आन्तरिक पर्यटन प्रर्वद्धनका लागि ऐतिहासिक भोटे मेला २०७७ हुने

यमकला भुसाल

तुलसीपुर,फागुन १६ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित कालाखोलामा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि ऐतिहासिक भोटे मेला २०७७ हुने भएको छ ।

तुलसीपुर एक्सप्रेस प्रा.लि.को आयोजना तथा रानिघाट युवा क्लवको सह–आयोजना एवं तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को संरक्षकमा उक्त मेला हुन लागेको हो ।

ऐतिहासिक भोटे मेला यहि फागुन २६ गते देखि चैत २ गतेसम्म सञ्चालन हुन लागेको आइतवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

कार्यक्रममा मेला संरक्षक समितिका अध्यक्ष एवं वडा नं ७ का अध्यक्ष टोपबहादुर केसीले दाङमा लाग्ने मेला मध्ये भोटे मेला पुरानो र महत्वपूर्ण मेलाको रुपमा लिने गरिएको बताए ।

उनका अनुसार बर्षौ पहिलेदेखि लाग्दै आएको भोटे मेला तत्कालिन माओवादी सशस्त्र द्धन्द चरम उत्कर्षमा पुगेको समयमा विक्रम संवत २०५६ सालदेखि लाग्न छोडेको थियो ।
हिमालका मानिसहरु यहाँ घोडा, तथा विभिन्न जडी बुटी ल्याएर व्यापारका लागि आउँथे,केसीले भने,त्यसले हिमाल र तराईलाई जोड्ने काम गर्दथ्यो ।

भोटे मेला कहिलेदेखि लाग्न थालेको हो भन्ने एकिनका साथ भन्न सक्ने अवस्था नभएता पनि पुरानो परम्परालाई निरन्तरता दिन र पर्यटन प्रवद्र्धनमा सघाउ पुगोस भनेर गत वर्ष देखि पुनः भोटे मेला सञ्चालन गर्न लागेको केसीले जानकारी दिए ।

कार्यक्रममा भोटे मेला सास्ंकृतिक समिति संयोजक दिपक कुमालले मेलामा लोक दोहरी प्रतियोगिता, घोडा दौड प्रतियोगि आयोजना गरिने र विजेतालाई पुरस्कार प्रदान गरिने जानकारी दिए । उनका अनुसार यस वर्ष तुलसीपुर उद्योग वाणिज्य सघंको सहकार्यमा विभिन्न उद्योगका स्टलहरु राखिने छ ।

मेलामा गायक पुष्कल शर्मा,गायिका भुमिका गिरी,सिर्जु अधिकारी,गायक देवेन्द्र बस्नेत,गोबिन्द मधुर आचार्य,बाल कलाकार आयुसा गौतम,सचिन परियार लगाएतका कलाकारहरुको सहभागिता रहने सास्कृतिक समिति सदस्य प्रेम विवश घर्तिले जानकारी दिए ।

उनका अनुसार ६ दिन सम्म सञ्चालन हुने मेलामा स्थानिय कलाकारहरुलाई विषेश स्थान दिइने छ ।

मेलामा विभिन्न जातजातिका भेषभुषा सहितको झाँकी जुलुस पनि निकाल्ने मेला आयोजक तुलसीपुर एक्सप्रेस प्रा।लि।का अध्यक्ष दोर्ण आचार्यले जानकारी दिए । उनले उक्त मेलामा आउने दर्शकले मास्क अनिवार्य लगाउनुपर्ने बताए ।

पत्रकार सम्मेलन रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *