तुलसीपुर, फागुन ११ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कट्कुँइ्याँस्थित राष्ट्रि वन अन्तरगतको गुह्य डाँडाका बहुमूल्य सालका रुखहरु मास्ने दश जना बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । दाङ देउखुरी जिल्ला अदालतले दश जना बिरुद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको छ ।
जग्गा धनि पूर्जा पाउने लालचले गर्दा उक्त डाँडाका २ सय ४८ वटा सालका रुखहरु स्थानीय केही गाउँलेहरु मिलेर हालसालै काटेर उजाड बनाएका थिए । भूमिहिन तथा अब्यबस्थित बसोबासीहरुलाई जग्गा धनि पूर्जा वितरण गर्न भनेर सरकारले फारम भराउन थालेपछि राष्ट्रि वनको जग्गा आफ्नो नाममा बनाउने लालचका साथ स्थानीय गाउँलेहरु मिलेर गुह्य डाँडाका बहुमूल्य सालका रुखहरु काटेर नाश पारेका छन् ।
डिभिजन वन कार्यालय दाङले प्रारम्भीक अध्यन अनुसन्धान पछि ती रुख काट्न संलग्न दश जनाको फाइल जिल्ला अदालतमा पेश गरेको थियो । तुलसीपुर सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विनोद साहले प्रारम्भीक अनुसन्धान पछि रुखहरु काट्ने मध्यका दश जना ब्यक्तिहरुको पहिचान गरि अदालतमा अध्यन फाइले पेश गरेपछि पक्राउ पूर्जी जारी भएको बताए ।
तर, उनले राष्ट्रिय वन मास्न थप अरु ब्यक्तिहरु पनि संलग्न रहेको आशंका व्यक्त गरे । पहिला दश जनालाई पक्राउ गरेपछि रुख काट्ने थप मानिसहरुका बिरुद्धपनि अनुसन्धान पछि मुद्दा चलाइने सहायक वन अधिकृत साहले जानकारी दिए ।
उनीहरुका बिरुद्ध राष्ट्रिय वन अतिक्रमण ऐन अन्तरगत मुद्दा दायर गरि कानुनी कारवाहीको पक्रिया सुरु गरिएको सहायक वन अधिकृत साहले बताए । वन कार्यालयले काटेका रुखहरुको काठ दाउराको मूल्याङकन गरी बिगो निर्धारण गरि मुद्दा दायर गरिने जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस
जहाँ केही गाउँले मिलेर राष्ट्रिय वन सखाप पारे …