२०८१ असोज २४ गते बिहिवार

सल्यानका ३ ब्यक्ति बाँकेमा २ वटा चितुवाको छालासहित पक्राउ


दाङ, फागुन १० । सल्यानका तीन व्यक्ति बाँकेमा दूईवटा चितुवाको छालासहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सल्यान जिल्लाको बाघचौर नगरपालिका वडा नं. ३ का ३१ बर्षीय जितबहादुर डिसी, कुमाख गाउँपालिका वडा नं. ३ मर्म पोडीकाराका हेल्थ अशिष्टेन्ट समेत रहेका २४ बर्षीय हिमन्द्र वली र कुमाख गाउँपालिका वडा नं. ७ जिमालीका २१ बर्षीय कमल डिसी रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतवार राति १० बजेतिर राप्ती सोनारी गाउँपालिका वडा नं. १ कुसुमबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले उनीहरुले ४० देखि ६० लाखमा बिक्रि गर्ने भनेर ती छाला नेपालगञ्ज तर्फ लैजाँदै गरेको बयान गरेका छन् ।
प्रहरीका अनुसार ती चितुवा दूई बर्ष पहिले जितबहादुरले पासोमा पारेर मारेका थिए ।

त्यसपछि उनले चितुवाको छाला निकाले र आफ्नो मोवाईलमा फोटो खिचेर राखेका थिए । एक दिन त्यो फोटो थारमारेका अर्जुन भन्ने व्यक्तिले देखे । अर्जुनले जिमाली गाउँका दिपक रावतसंग जितबाहदुरसंग दूईवटा चितुवाको छाला रहेको कुरा बताए ।

त्यसपछि दिपकले जितबहादुरलाई छाला नेपालगञ्जका व्यापारीलाई ४० देखि ६० लाखमा बिक्रि गराइदिने कुरा गरे । त्यसपछि जितबहादुर लालचमा परे । त्यही योजना अनुसार दिपकले ती तीन जनालाई सल्यानको श्रीनगरमा भेट गरे । तर, आफु भने अर्कै गाडीमा पछि आउने आश्वासन दिएर चितुवाको छालासहित उनीहरुलाई गाडीमा नेपालगञ्ज जान भनेर पठाए ।

जब उनीहरु तीन जना बाँकेको कुसुम पुगेर वर्लिए तत्काल उनीहरु पक्राउ परेको परेको प्रहरीले बताएको छ ।
पक्राउ परेका तीनै जना बिरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

उक्त ऐन अनुसार दोषीलाई एक लाखदेखि २५ लाखसम्म जरिवाना र एक बर्षदेखि १० बर्षसम्म कैद हुन सक्ने व्यबस्था रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *