तुलसीपुर,फागुन ९ ।उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस निता गौतम दिक्षितले महिलाका मुद्दालाई कानुनले प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् ।
क्रियाशिल पत्रकार महिला दाङले आइतवार उच्च अदालतमा ‘न्यायमा महिलाको पहुँच’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्यायाधिस दिक्षितले सुरु देखि नै अदालतले महिलाका मद्दाहरु प्राथमिकतामा राखेर हेर्दै आएको बताएकी हुन ।
‘महिलाको न्यायमा पहुँच कसरी बढाउने भनेर सर्वोच्च अदालतमा समिति छ’, उनले भनिन्,‘ त्यही समिति माफर्त महिलालाई न्याय दिने काम हुँदै आएको छ ।’
पीडित महिला र असाहायहरुलाई न्यायमा सहज पहुँच पु¥याउन र पैंसाको अभावले कोहीपनि न्याय पाउनबाट बञ्चित नहोस भन्ने उदेश्य राखेर काम भइरहेको उनले बताइन । त्यसका लागि बैतनिक वकिलको व्यवस्था गरेको र उनीहरुलाई अदालतबाट निशुल्क सेवा दिदै आइएको दिक्षितले बताइन ।
मुख्य न्यायाधिस गौतमले आफुहरुलाई न्याय सम्पादनमा कोही कतैवाट पनि दवाव नआउने र भन्सुन अदालतमा नलाग्ने स्ष्ट पारिन । ‘हामीहरुलाई प्रधान न्यायधिसले पनि यो मुद्धामा यस्तो निर्णय गर भन्नु हुन्न र हामीपनि मिसिल भन्दा बाहिर जादैनौ,’ उनले भनिन् ।
तुलसीपुरमा आफु आएको एक डेढ महिना दिनमा बलात्कार सम्बन्धि ४÷५ वटा मुद्दाहरुमा पीडितलाई जिल्ला प्रशासन मार्फत तत्काल क्षतिपूर्ति उपलब्ध गराउन भूमिका खेलेको उनले बताइन ।
पछिल्लो समय अदालतमा बैतनिक वकिलको ब्यबस्था गरिएको हुँदा असहाय र पैंशा नहुनेलेहरुले पनि निशूल्क सेवा लिन थालेको उनले बताइन । कार्यक्रममा न्यायधिस रेमशराज पोखरेलले अदालत र पत्रकार बीचको दुरी घटाउन आफुहरु पनि समाजमा जान थालेको र अदालत बुझाउन थालेको बताए ।
अदालतका रजिष्टार यमबहादुर वुढाले अदालतमा भ्रष्टाचार, न्याय विक्री वितरण र किनबेच नहुने स्पष्ट पारे ।अदालतमा प्रविधिलाई बढवा दिइएको र न्यायलाई छिटो छरितो बनाउन प्रयास जारी रहेको उनले बताए ।
क्रियाशिल पत्रकार महिला दाङकी अध्यक्ष रोशनी मल्लको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी सुष्मा गिरीले न्यायमा महिलाको पहुँच न्युन अवस्थामा रहेको भन्दै न्यायालयमा सबैको समान पहुँच हुनुपर्ने जोड दिइन ।
क्रियासिल पत्रकार महिला लुम्बिनी प्रदेश संयोजक लिला शाहले विषय प्रवेश गराएको कार्यक्रमको सहजिकरण क्रियासील पत्रकार महिला दाङका सचिव सर्मिला डिसीले गरेकी हुन ।