२०८२ असार २७ गते शनिवार

दिदी घर लगाएत ३ संस्थालाई १ लाख ३५ हजार आर्थिक सहयोग


तुलसीपुर, फागुन ८ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्र्री गाउँस्थित दिदी घर संस्थासहित सामाजिक क्षेत्रमा उदाहरणिय कार्य गर्दै आएका तीन सामाजिक संघ संस्थाहरुलाई आर्थिक साहेता प्रदान गरिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रजातन्त्र दिवसको अवसरपारी तुलसीपुरस्थित दिदी घर संस्थालाई ६० हजार, राप्ती गाउँपालिकाको निलसागर सेवा आश्रम सिसहनियालाई ४० हजार र खगेन्द्र नबजीवन केन्द्र दाङलाई नगद ३५ हजार हस्तान्तरण गरेका हुन ।

उक्त रकम प्रमुख जिल्ला अधिकारी आचार्य आफु लगाएत कर्मचारीबाट खाज खर्च कटाएर संकलन गरेका थिए ।
आफुहरुको थोरै सहयोगले अप्ठेरोमा परेका बालबालिका, जेष्ट नागरिक र अपाङ्गता भएका व्यक्तिको जीवन यापन थप सहज बनाउन टेवा पुग्ने प्रजिअ आचार्यले बताए ।

प्रमुख जिल्ला अधिकारीको सक्रियतामा रकम संकलन गरि दिदी घर लगाएत थप दूई वटा सामाजिक संघ संस्थाहरुलाई आर्थिक साहेता प्रदान गरेपछि आफूहरुलाई थप हौसला मिलेको दिदी घर संस्थाककी सञ्चालक स्यानी चौधरीले फरककोणलाई बताइन ।

अनाथ र असहाय बालबालिकालाई संरक्षण गर्दै आएको दिदी घर संस्थाले हालसम्म सहयोगीबाट खाद्यान्न तथा लत्ताकपडा मात्रै सहयोग लिदै आएको थियो । तर, यसपटक प्रमुख जिल्ला अधिकारीले नै हौसला स्वरुप सहयोग गरेको हुँदा रकम लिएको चौधरीले बताइन ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *