२०८१ जेष्ठ १५ गते मङ्गलवार

घोराही–होलेरी शहिद मार्गको सुधारको माग गर्दै संघर्ष समिति गठन

होलेरी,फागुन ५ । दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने शहिद मार्गको सुधारको माग गर्दै रोल्पामा संघर्ष समिति गठन गरिएको छ।आर्थिक बर्ष २०७४÷७५ मा संघीय सरकारको ४६ करोडको लगानीमा कालोपत्रे गरिएको शहिद मार्ग लगभग जिर्ण बनेको छ । जसले गर्दा यात्रा निकै कष्टकर बनेको छ ।

जनताले यात्रा गर्दा सास्ति खेप्नु परेको भन्दै सडक सुधारको माग गर्दै संघर्ष समिति निर्माण गरिएको छ ।सर्वसाधारण जनताले सास्ति पाउँदा समेत सरकार मुक दर्शक मात्रै बनेको भन्दै सर्वसाधारण नागरिकले संघर्ष समिति गठन गरि संघर्षमा उत्रिनु पर्ने बाध्यकारी अबस्था आएको गठित समितिका सल्लाहकार देबेन्द्र बोहराले बताए ।

फागुन ३ गते होलेरीमा पत्रकार एलवी मगरको अध्यक्षतामा बसेको बैठकले संघर्ष समिति गठन गरेको हो ।उक्त भेलाले पत्रकार नन्दराम खड्काको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरेको छ । संघर्ष समितिको सल्लाहकारका रावत, पत्रकार एलवी मगर र सन्तोष शर्मा, स्थानीयहरु केशवराज चन्द र दिलबहादुर खड्कालाई चयन गरिएको छ ।

संघर्ष समितिका संयोजक खड्काले शस्त्र द्वन्दको उद्गम थलो होलेरी र रोल्पाले यो बीचमा ठूला नेताहरु जन्माएको भएपनि रोल्पालीका दुःखका दिन उस्तै रहेको बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *