तुलसीपुर, ३ फागुन ।सोमवार देखि इलाका प्रहरी कार्यालय तुलसीपुरले सवारी चालक अनुमति पत्र नभएका मापसे सेवन गरि सवारी साधन चलाउने र कागजात साथमा नभएकाहरुलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै पक्राउ गरेको छ ।
दुर्घटना न्युनिकरण अभियान अन्र्तगत तथा लागु औषध नियन्त्रको अभियान सञ्चालन गरेको प्रहरीले सोमवार वाट भने अटेरी गरि सवारी साधन चलाउने चालकहरुलाई नियन्त्रमा लिन सुरु गरेको जनाएको छ ।तुलसीपुरको बसपार्कमा गरिएको चेकजाँचका क्रममा लाइसेन्स, व्लुबुक नभएका सवारी चलाउने ४४ जनालाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ गरिएकाहरुलाई इलाका प्रहरी कार्यालयमा राखिएको तुलसीपुरमा प्रहरी नायव उपरीक्षक शिब बहादुर सिंहले जानकारी दिएका छन् । जसमा धेरै जसो लाइसेन्स नभएका अरुको मोटरसाइलक चलाएकाहरु रहेको उनले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार