तुलसीपुर, फागुन १ । दाङमा पहिलो पटक ‘कक फाइट’ सम्बन्धि टुनामेन्ट भएको छ ।प्रतियोगिता नेपाल असिल ग्रुप दाङले आयोजना गरेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ नयाँ बस्तिस्थित कालभैरब मन्दिर परिशरमा भएको टुनामेन्टमा लुम्बिनी प्रदेशका साथै छिमेकी देश भारतबाट समेत सहभागिता थियो ।
प्रतियोगितामा कुल १५ जोडी फाइटर भालेहरु भिडेका थिए । जसमध्य तुलसीपुरका प्रेमसिंह पुन र भारतका ताज मोहमदको भालेले बेष्ट प्लेयरको उपाधि जित्न सफल भएका छन् । त्यसैगरी प्रतियोगितामा दाङकै धुर्ब केसी र बिज्ञन पुनको भालले पनि मेडल, प्रमाण पत्र जितेको आयोजक नेपाल असिल ग्रुपका अध्यक्ष सदिप श्रेष्ठले जानकारी दिए ।
तुलसीपुर ९ नयाँ बस्ति निवासी तथा असिल ग्रुपका जिल्ला सदस्य चुडामनी घर्ती मगरले कक फाइटको टुनामेन्टमा सहभागी हुन एउटा भालेको २ हजार ५ सय प्रबेश शूल्क लगिएको बताए । संकलन रकम मध्य केही रकम स्थानीय कालभैरब मन्दिरको कम्पाउन्ड वाल लगाउन सहयोग गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा एक घन्टा सम्म भाले लडाउँदा ३० मिनेटमा इन्टरभल राखिएको थियो । त्यो हाप टाइममा जम्मा ५ मिनेट मात्रै रेष्ट टाइम थियो । जिल्लामा पहिलो पटक आयोजना गरिएको फाइटर भालेको फाइट हेर्न सर्वसाधारणको उल्लेखनिय सहभागिता रहेको थियो । पहिलो पटक आयोजना गरिएको कक फाइटले भाले पालक किसान समेत उत्साहित बनेको र त्यसले आन्तरिक पर्यटन पर्बधनमा टेवा पुग्ने मगरले बताए ।
प्रतियोगितामा भाले भिडाउन भारतवाट ७ जना आफ्ना फाइटर भालेसहित दाङको तुलसीपुर आएका थिए । लुम्बिनी प्रदेशका नेपालगञ्ज र आसपासका जिल्लाहरुबाट समेत भाले लडाउन मानिसहरु आएका थिए । बर्ड फ्यूको हल्ला र त्रासले गर्दा अझ अरु धेरै इच्छुकहरु आउन डराएको आयोजक संस्थाले जनाएको छ ।