तुलसीपुर, फागुन १ । तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चुन्न शनिवार मतदान भएको छ ।
कुल १ हजार ८ सय ११ मतदाता मध्य १ हजार ६ सय ५९ मत खसेको निर्वाचन संयोजक प्रबिण लम्सालले फरककोणलाई बताए ।
उनका अनुसार १ सय ५२ जना मतदाता भने मतदान गर्न आएनन् ।
नयाँ नेतृत्व चयनका लागि सुरुमा शनिवार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्मको समय निर्धारण गरिएको थियो ।
उक्त समय अपुग भएको समझ्दारी पछि पुन ः डेढ घन्टा समय बढाएर बेलुका साढे ५ बजेसम्म समय लम्ब्याईएको थियो ।
यद्यपी साढे ५ बजेभित्र तुलसीपुर बजारस्थित संघको कार्यालय हाता भित्र प्रबेश गरि लाइनमा बसेकाहरुलाई मतदान गर्न दिइएको थियो ।
बेलुका करिब ७ बजेसम्म मतदान भएको थियो ।
अब केही बेरमा खाना खाइसकेपछि आचारसंहिता बनाएर सकेपछि बेलुकी देखि नै मतगणनाको काम सुरु हुने जानकारी दिइएको छ ।
परिनाम भने आइतबार बिहान सम्म आउने अपेक्षा गरिएको छ ।
संघको नयाँ नेतृत्वको लागि पूर्व अध्यक्ष टेकनप्रशाद बस्नेत (हिमाल) र संघका हालका बरिष्ठ उपाध्यक्ष रामप्रशाद चालिसेका बीचमा अध्यक्ष पदका लागि भिडेका छन् ।
बस्नेतलाई नेपाली काँग्रेस र चालिसेलाई नेपाल कम्युष्टि पार्टी (नेकपा)ले उम्मेदवारीका रुपमा प्रस्तुत गरेको थियो ।
यी दूईको नेतृत्वमा दूई पार्टीले उम्मेदवार मैदानमा उतारेका छन् ।
यद्यपी स्वतन्त्र रुपमा पनि महासचिव, कोषाध्यक्ष र सदस्य पदमा पनि छुट्टै उम्मेदवारी परेको छ ।
तुलसीपुरमा हालसम्म प्रजातान्त्रिक उद्योगीको बचश्र्व कायम रहँदै आएको भएपनि यसपटक के कस्ले बाजी मार्ला भनेर अड्कल बाजीहरु भइरहेका छन् ।