माघ २८। आज देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आँशिकदेखि समान्य बदली भएको छ ।
प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार