२०८१ जेष्ठ १७ गते बिहिवार

नौमुरे बहुउदेश्यीय आयोजनाको सार्वजनिक सुनुवाई


देउखुरी, माघ २२ । नौमुरे बहुउदेश्यीय आयोजनाको वातावरणिय प्रभाव मूल्याङकनको मस्यौदा प्रतिबेदनको विषयमा सार्वजनिक सुनुवाई भएको छ ।नौमुरे बहुउदेश्यीय आयोजनामार्फत प्यूठान, अर्घाखाँची र कपिलबस्तुबाट २ सय ८१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहितको आयोजनाका लागि राप्ती नदीको लामातालमा १ सय ६९ मिटर अग्लो ड्याम निर्माण गर्ने योजना रहेको छ ।

विद्युत विकास विभागका सिसनयर डिभिजन प्रमुख गौरीप्रसाद शाहको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीकोे प्रमुख आथित्यतामा सार्वजनिक सुनुवाई भएको हो ।कार्यक्रममा स्थानीय कुलोपानी समितिका प्रतिनिधि, जनप्रतिनिधि तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नौमुरे बहुउदेश्यीय आयोजनाको वातावरणीय प्रभाव मूल्याङकनको मस्यौदाका बारेमा विद्युत विकास विभागका गौरी प्रसाद शाह, हरिबहादुर खत्री, डा. नारायणमान श्रेष्ठ, डा. ज्योतिप्रसाद गजुरेल, शंकरबहादुर साउदले जानकारी गराएका थिए ।

कार्यक्रममा सहE0ागि स्थानीय जनप्रतिनिधि तथा कृषक अगुवाहरुले देउखुरीको कृषि भुमि सिंचाईको सुनिश्चितता हुनु पर्ने माग गरे ।

प्यूठानको सरुमारानी गाउँपालिकाको वडा नं. ३, अघाखाँचीको शितगंगा नगरपालिका वडा नं. ७ र ११ र कपिलबस्तु जिल्लाको शिवराज नगरपालिकाको वडा नं. १ मा स्थायी संरचना निर्माण गरि नौमुरे बहुउदेश्यीय आयोजना निर्माण गर्ने योजना रहेको छ ।

जसबाट विद्युत उत्पादन, सिंचाईको ब्यवस्था, बाढी नियन्त्रण, जैविक विबिधता संरक्षण, जलासय निर्माण गरेर र्याफ्टिङ, माछा पालन लगायतका कामहरु गर्ने योजना बनाइएको छ ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकालाई नमुना शहर बनाउन आयोजनाले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

जलासय बनाएर झिमरुक नदीको ऐरावती गाउँपालिका सम्म र माण्डवी गाउँपालिकाको देवीस्थान नयाँ गाउँ सम्म सञ्चालन गर्न सकिने विभिन्न सम्भावनाका विषयमा अध्यन गरिएको छ । आयोजनाले हालको पानीको अवस्था, सिंचाईको अवस्थामा समस्या नल्याउने विद्युत विकास विभागका गौरी प्रसाद शाहले जानकारी दिए ।

विगतमा धेरै अध्यनका काम सुरु गरि विचमै अलपत्र परे
मस्यौदा प्रतिवेदनहरुलाई थाति राख्दै करिव ३ वर्ष पहिलेदेखि पुनः अध्यनको काम सूरु गरिएको सो नौमुरे बहुउदेश्यीय आयोजनाको नेपाल सरकार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, विद्युत विकास विभागको प्रस्तावमा ईन्भाईरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सलल्ट प्रालि नेपाल, एकिओना ईन्जिनियरिया एसए स्पेन र नेपाल ईन्भाईरोमेन्ट एण्ड साईन्टिफिक सर्भिसेज प्रालिको जेभिमा वातावरणिय प्रभाव मूल्याङकनको मस्यौदा प्रतिबेदन तयार पारिएको छ ।

नौमुरेलाई जलासययुक्त बनाएर कपिलवस्तु हुँदै भारतको विहारमा पानी लैजाने सर्तमा आयोजना भारत सरकारले उपहार स्वरुप बनाइदिन तयार भएपनि त्यसको विरोध भएपछि नेपाल सरकारले २०७१ साल साउनमा काम आफैं अघि बढाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *