२०८२ असार २७ गते शनिवार

बाँकेमा अनुसन्धानका कर्मचारीको हत्या अभियुक्त ७ जना पक्राउ

दाङ, माघ २१ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सूचक पदमा कार्यरत २७ बर्षीय प्रबीण थापा मगरको हत्या अभियुक्त ७ जनालाई प्रहरीले बुधवार सार्वजनिक गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानरपालिका वडा नं. १८ का २७ बर्षीय मगरको माघ १ गते बुलका नेपालगञ्ज १८ स्थित कालीमाई बगैचामा चिर्पटले निर्घात कुटपिट गरी हत्या भएको थियो ।

माघ १५ गते काठमाडौंबाट नेपालगञ्जका बिबेक परियारलाई पक्राउ गरेपछि उनकै बयानका अधारमा प्रबीणको हत्या अभियुक्त ६ जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।घटनामा संलग्न बिभिन्न व्यक्तिहरुलाई नेपालगञ्ज, धनगढी, कैलाली र काठमाडौं लगाएतका स्थानबाट बिभिन्न मितिमा पक्राउ गरिएको प्रहरीले बुधवार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

नेपालगञ्ज १८ लग्दहवाका ज्यालामदजुरी गर्ने १९ बर्षीय निश्चल गुरुङ, जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका ७ घर भइ हाल ज्यालामदजुरी गर्ने नेपालगगञ्ज ४ बसपार्कमा डेरा गरि बस्ने २१ बर्षीय तेजबहादुर बिएम, नेपालगञ्ज ६ फुलट्क्राका १७ बर्षीय (बिद्यार्थी), नेपालगञ्ज ५ बसपार्कका १६ बर्षीय (बिद्यार्थी), राप्ती सोनारी गाउँपालिका वडा नं. १ कुसुम घर भइ नेपालगञ्ज ४ गणेशपुरमा डेरा गरि बस्ने १७ बर्षीय (बिद्यार्थी), सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं. १० घर भइ हाल बाँकेको नेपालगञ्ज २ घरबारी टोलमा डेरागरि बस्ने १६ बर्षीय (ज्यालामदजुरी काम गर्ने शोरले निर्ममतरिकाले चिर्पटले आक्रमण गरि प्रबीणको हत्या गरेको देखिन आएको एसपी रानाले बताए ।

एसपी रानाका अनुसार घटना भएको दिन माघ १ गते बुलुका ६ बजेतिर मगर र उनका साथी २४ बर्षीय कर्की भनिने दिनेशकुमार कुर्मी नेपालगञ्ज १८ स्थित कालीमाई बगैचा घटनास्थल गएका थिए ।उक्त स्थान लागुऔषध कारोबार गर्ने तथा सेवन गर्ने ठाउँ भएको हुँदा सूचना संकलन गर्ने भनेर उनीहरु त्यहाँ गएका थिए ।

ती ६ जना बसेर गाँजा खाइरहेको ठाउँ भन्दा प्रबीण थापा मगर उनका साथी दिनेशकुमार कुर्मी झन्डै एकसय मिटर टाढै मोटरसाईकल रोकेर उभिएका थिए । गाँजा खाएर घर फर्किने क्रममा ६ जना मध्य बिबेक परियारले कुर्मीको मोटरसाईकलको हेलमेटेको फोटो खिचे र आँफैले उठाएर लगे ।

त्यो देखेर प्रबीण थापा मगर उनका साथी दिनेशकुमार कुर्मी हेलमेट देउ भन्दै पछिपछि दौडिदै घटनास्थल सम्म गएपछि निश्चल गुरुङ, तेजबहादुर बिएम, बिबेक परियार, सुमित बिक, सुशान्त भण्डारी र सुवाश थापा मिलेर प्रबीणलाई टाउको लगाए शरिरका बिभिन्न भागमा चिर्पटले प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

आक्रमणबाट प्रबीण लडेपछि उनको एउटा मोवाईल सुबाश थापा र किप्याड मोबाईल सुमित बिकले लगेर गएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रबीणका साथी कुर्मीले बचाउनपनि नखोजेको तथा घटनाबारे तत्कालै प्रहरी घर परिवार कसैलाई खवर नगरेको हुँदा प्रहरीले उनलाई पनि पक्राउ गरेको छ । घटना अनुसन्धान गर्न प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *