२०८३ कार्तिक १ गते शनिवार

तुलसीपुरमा मंगलवारसम्म एकजना मात्रै सक्रिय कोरोना संक्रमित

बाँकेमा तुलसीपुरका कोरोना संक्रमित एक पुरुषको मृत्यु

तुलसीपुर,माघ २० ।तुलसीपुरका कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा मंगलवार बाँकेमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ६६ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जको मृत्यु भएको तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

ती ब्यक्ति मंसिर २९ गते कोरोना पोजिटिभ देखिए पनि पुस १३ गते मात्रै अस्पतालमा भर्ना गरिएको थियो । यो संगै तुलसीपुरमा कोरोनाका कारण मृत्यु हुने संख्या २१ पुगेको छ ।

तुलसीपुरमा हाल सक्रिय संक्रमितको संख्या १ मात्रै छ । फोकल पर्सन केसीका अनुसार निको हुनेको संख्या ८ सय १० पुगेको छ । हाल सम्म कोरोना संक्रमित संख्या ८ सय १७ जना रहेको छ ।

तुलसीपुरमा स्वास्थ्यकर्मीहरु,सरसफाईकर्मीहरु तथा सहयोगी र अग्रपङ्क्तिमा खटिने व्यक्तिहरुसहित ३ सय ८१ जनालाई कोभिड विरुद्ध खोप लगाइ सकिएको छ ।

नेपाल सरकारले पछिल्लो समयमा स्वास्थ्यकर्मीहरुको पालो सकिए पछि दिर्घरोगी,ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने योजना बनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *