२०८१ माघ ९ गते बुधवार

स्वाशप्रश्वासमा समस्या भएपछि उपकुलपति डा. भण्डारीलाई हेलिकोप्टर मार्फत काठमाडौं लगियो

तुलसीपुर,माघ १८ । स्वाशप्रश्सवामा समस्या भएपछि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ ।

आइतवार बेलुकी ४ बजेतिर उपकुलति भण्डारीलाई हेलिकोप्टर मार्फत काठमाडौंस्थित ह्याम्स हस्पिटलमा लगिएको प्रतिष्ठानको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।

उपकुलपति भण्डारीलाई तीन दिन अगाडि कोरोना संक्रमन पुष्टि भएको एक कर्मचारीले बताए । ‘केही दिन यता उहाँलाई खोकी लागेको हुँदा क्वाटरमै बस्दै आउनु भएको थियो,’ ती कर्मचारीले भने ‘ तर, आज अलि बढी स्वाशप्रश्वासमा समस्या उत्पन्न भएपछि उहाँलाई हेलिकोप्टर मार्फत काठमाडौं लगिएको हो ।’

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले पनि उपकुलपतिलाई स्वाशप्रश्वासमा समस्या भएको हुँदा थप उपचारका लागि काठमाडौं लगिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *