२०८१ असोज ४ गते शुक्रवार

घोराहीमा वजार व्यवस्थित वनाउन छलफल


घोराही, माघ १८ । दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही बजार व्यवस्थित गर्ने बारे छलफल सुरु गरेको छ ।संघको आइतबारको बैठकले बजार कसरी ब्यबस्थित बनाउने भनेर सरोकारवालासंग छलफल गरेको हो । वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले सबै मिलेर बजार व्यवस्थित गर्न सकिने बताए ।

‘बजार व्यवस्थित बनाउनु सबैको दायित्व हो,’ उनले भने ‘ सुन्दर र सफा शहर भए मात्रै हाम्रो पहिचान स्थापित हुने छ ।’

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष धुवराज श्रेष्ठ (भारी) ले एकै प्रकारका व्यववसीलाई एकै स्थानमा राखेर व्यवस्थित गर्न सकिने सुझाब दिएका थिए ।

संघका यअसघिका अध्यक्ष नारायणप्रसाद भुसालले बजार व्यवस्थित गराउन संघ निरन्तर लागि परेको बताए । घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले दिर्घकालिन सोचका साथ अगाडि वढनु पर्ने बताए ।

वडा नं १४ का अध्यक्ष शक्तिराम डाँगीले सामुहिक पहल र प्रयास वाट थालिएको कार्यले सफलता पाउने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख थम्मन जिसीले घोराहीमा पार्किङक व्यवस्थापन जरुरी रहेको तर्क गरे ।

सम्भाबित क्षेत्र पहिचान गर्न समिति
ढुवानी व्यवसायलाई व्यबस्थित गर्न संभावित जग्गा र स्थान खोज्न ३ सदस्य समिति निर्माण गरिएको छ । वाणिज्य संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोखरेलको संयोजकत्वमा गठिन समितिको सदस्यमा घोराही उपमहानगरपालिकाका सरसफाई शाखा प्रमुख प्रेम केसी र ढुवानी व्यवसायी समितिका खेमजग वस्नेत रहेका छन् ।

यो समितिले हप्ता दिन भित्र जग्गा र संभावित क्षेत्रको पहिचना गरि प्रतिवेदन वुझाउने अख्तियारी पाएको छ ।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *