२०८१ भाद्र २३ गते आइतवार

बिरोजगारी अन्त्यको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम महत्वपूर्ण – मेयर पाण्डे

तुलसीपुर, माघ १६ । तुलसीपुरका मेयर घनश्याम पाण्डेले बिरोजगारी अन्त्यका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम महत्वपूर्ण सावित भएको बताएका छन् । शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा कार्यक्रमको उद्घाटन गर्दै मेयर पाण्डेले ग्रामिण भेगका बेरोजगार मजदुरलाई श्रमसंग जोड्नका लागि गाउँबाट कार्यक्रम सुरुवात गरिएको बताए ।

दूई करोड ५२ लाख रुपैंया संघीय सरकारबाट यो पटक प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बजेट आएको मेयर पाण्डेले जानकारी दिए । गत बर्ष तुलसीपुरमा दूई हजार दूई सय मध्यबाट पहिलो चरणमा ५ सय २ जनालाई दशदेखि २० दिनको निश्चित अबधिको लागि रोजगारी दिइएको थियो । तर, यस पटक कम्तिमा पनि एकसय दिन सम्मका लागि रोजगारी दिइने मेयर पाण्डेले जानकारी दिए ।

त्यसरी एक सय दिनको रोजगारी दिदा सबै भन्दा कमजोर आर्थिक स्थिति भएकालाई छनौंट गरेर प्रदान गरिने मेयर पाण्डले बताए । ‘यो रोजगारी श्रम गरेर जीविका चलाउनेहरुका लागि हो,’ मेयर पाण्डेले भने ।

कार्यक्रममा सहभागि श्रमिकले बैंकमा खाता नखोलेर काममा सहभागि हुन पाउने छैनन् । बैंकको खाताबाट मात्रै भूक्तानी गरिने हुँदा बैंकमा अनिवार्य खाता खोल्नु पर्ने मेयर पाण्डेले बताए । फूलबारीको रणियापुर हुँदै बाख्रे जोड्ने बाटोमा श्रमिक लगाइने भएको छ ।

प्रकाशित मिति : २०७७ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *