२०८० चैत्र १५ गते बिहिवार

प्रचण्ड र माधवले झुटको खेति गरी जनतालाई भ्रममा पार्ने काम गर्दै छन – घनश्याम पाण्डे

तुलसीपुर,माघ ११ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रचण्ड र माधवले नक्कली र झुटको खेति गरेर जनतालाई भ्रममा पार्ने काम गरेको बताएका छन् ।

आइतवार रिपोटर्स क्लव दाङमा पत्रकार सम्मेलन गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री ओलीले पछिल्लो समय मनोनित गरेका केन्द्रीय सदस्य मेयर पाण्डेले संघीय लोकतान्त्रीक गणतन्त्रलाई धरापमा पार्ने र षयन्त्र पूर्ण तवरले राजसंस्थालाई ल्याउने चलखेल थाहा पाएर नै प्रधानमन्त्रीले संसद विघटन गरेको जिकिर गरे ।

‘हामीले केटाकेटीमा भातपुतली खेल्दा एउटा दुलहा अर्को दुहली बनाउने त्यसपछि विवाह गर्ने गथ्यौ,’ मेयर पाण्डेले भने ‘अहिले प्रचण्ड र माधवले त्यहि घटना दो¥याउनुभयो ।’

नेपालको विधान अनुसार नेकपाको अध्यक्ष ओली भएको पार्टी नै आधिकारीक पार्टी भएको दावी गरे ।

उनले प्रचण्ड र माघव पार्टीको नियम विपरीत चलेको आरोप लगाए । उनीहरुले प्रथम अध्यक्ष ओलीलाई जानकारी समेत नदिएर मेयर पाण्डेले बताए ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपीले २०१७ सालमा आफु विरुद्ध भएको सडयन्त्र थाहा नपाउँदा नेपाली जनाताले ३० बर्ष पञ्चायती शासन भोग्नु परेको स्मरण गर्दै पाण्डेले केपीले पहिले नै थाह पाएर संसद विघटन गर्दा संघीय लोकतन्त्र,गणतन्त्र जोगिएको तर्क गरे ।

‘लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचनमा जानु हो,’ पाण्डेले भने,–‘सडकमा तिघ्रा उचाल्नु भन्दा जनताको घरघरमा गएर चुनावको प्रचार गर्न म प्रचण्ड र माघव समूहलाई आग्रह गर्दछु ।’

सोमवार प्रधानमन्त्री ओली देउखुरीमा राप्ती पुलको उद्घाटन गर्न आउने तयारी भइरहँदा अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा मेयर पाण्डेले टरिगाउँ एयरपोर्टमा नियमित हवाई सेवादेखि खरको छाना विस्थापन सम्मका काम आफुले गरेको बताए ।

त्यस्तै उनले मातृ मृत्युदर शून्य पारेको, विकास निर्माण, स्वास्थ्य, शिक्षा लगाएतका थुप्रै क्षेत्रमा सफलता हासिल गर्दै अब स्मार्ट सिटी निर्माणका लागि कार्ययोजना अगाडी बढेको तर्क प्रस्ततु गरे ।

उनले तुलसीपुरमा सुविधा सम्पन्न मिडिया सेन्टर निमार्ण गर्ने आश्वासन पनि बाँडे ।

कार्यक्रममा भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य शोभराम बस्नेतले बर्षौंदेखि खनजोत गर्दे आएका शुद्ध सुकुम्वासीले मात्र लालपुर्जा दिलाउने बताए ।

‘वर्षौंदेखि खनजोत गर्दे आएका शुद्ध सुकुम्वासी किसानले लालपुर्जा पाउनुहुन्छ,’ बस्नेतले भने–‘तर कानुनमा लेखे अनुसार पौने ६ कठ्ठा मात्र पाउनुहुनेछ ।’

उनले आइतवार बेलुकी सम्म आयोगका उप–सचिवले १५ हजार रातो र सेतो फाराम लिएर आउन लागेको पनि जानकारी दिए ।

त्यसपश्चात डाटा सकंलन र फाराम भर्ने काम हुने छ । लुम्बिनी प्रदेशका १ सय ९ पालिका मध्ये पहिलो चरणमा ३५ वटा पालिकामा लालपुर्जा वितरणको काम प्रारम्भ भएको बस्नेतले बताए ।

हाल दाङको बबई गाउँपालिका र रुपन्देहीको कलचर गाउँपालिकाबाट फाराम भर्ने काम भइरहेको र त्यसको ३५ दिन मात्र हुने उनले बताए ।

रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिव बिमल गौतमले गरेका हुन ।

 

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *