२०७७ फाल्गुन २३ गते आइतवार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपरासी, माघ १०। नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नवलपुर (बर्दघाट सुस्तापूर्व )को कावासोती नगरपालिका वडा नम्बर-८ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटना हुँदा ज्यान गुमाउनेमा कावासोती नगरपालिका वडा नम्बर -३, बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती -८, बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *