२०७७ फाल्गुन २३ गते आइतवार

रोल्पामा रुख काट्दा मुढाले लागेर एक शिक्षको मृत्यु

दाङ, माघ ९ । रोल्पामा रुख काट्दा मुढाले लागेर एक शिक्षकको  मृत्यु भएको छ । गंगादेव गाउँपालिका वडा नं. ३ बडाढुंगाका स्थानीय शिक्षक ४९ बर्षीय महेशकुमार केसीको सल्लाको काठ चिर्ने क्रममा मुढाले टाउकोमा लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 प्रहरीका अनुसार केसी स्थानीय गणेश आधारभूत विद्यालयका शिक्षक हुन ।बिहीवार दिउँसो ३ बजेतिर आफ्नो घर निर्माण गर्नका लागि आवश्यक दार चिर्न भन्दै झाँर्की सल्ला भन्ने ठाउँमा शिक्षक केसीले रुख काट्न लगाएका थिए ।
मेसिनले रुख काटेर टुक्ता बनाउँदै गर्दा केसी वरालोबाट उकालो उक्लँदै गर्दा माथिबाट रुखको मुढा खसेर केसीको  टाउकोमा लागेर गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार

घाइते केसीलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा  उपचारका क्रममा गएराति त्यही मृत्यु भएको हो । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *