तुलसीपुर, माघ ८ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सीप सिकेकालाई व्यवसाय सञ्चालनमा सहयोग गर्ने वताएका छन् । नागरिकलाई आत्मनिर्भर वनाउन विभिन्न सीपमुलक तालिम सञ्चालन गरेको भन्दै सीपलाई श्रमसँग जोडर लैजान आवश्यक भएको वताएका हुन ।
‘श्रमले नै हामीलाई समृद्ध वनाउँछ,’ उनले भने ‘हामीले कहिल्यै पनि श्रम गर्न श्रम मान्नु हुन्न ।’तुलसीपुर बहुप्राविधिक शिक्षालयले सञ्चालन गरेको छोटो अवधिको तालिमको उद्घाटन गर्दै मेयर पाण्डेले नागरिकको चाहना अनुसार विभिन्न खालका सीप सिकाउने वताए ।
कार्यक्रममा वडा नम्बर १२ का वडाध्यक्ष सुर्यवहादुर डाँगीले आमजनताको जीविकोपार्जनमा सहजता होस् भन्नका लागि तालिम सञ्चालन गरिएको वताए । वडा नम्बर १० का वडाध्यक्ष कुमार लामिछानेले उपमहानगरपालिका नागरिकलाई स्वरोजगार वनाउने अभियानमा लागेको वताए ।
शिक्षालयका प्रमुख वसन्त आचार्यले सबैखाले मानिसहरुलाई समेट्न विभिन्न तहका कार्यक्रम सञ्चालन गरिएको वताए । ‘प्रशिक्षार्थी खुमवहादुर डिसीले केही सिक्ने अवसर पाएको भन्दै खुसी व्यक्त गरे । शिक्षालयमा बिहीवारदेखि मोबाइल रिपेयर टेक्निसियन र जुनियर विल्डिङ इलेक्ट्रिसियन तहको तालिम सुरु भएको छ ।