२०८१ बैशाख १३ गते बिहिवार

बाँकेमा अनुसन्धानका कर्मचारी थापाको हत्या


दाङ, माघ ४ । बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारी प्रबिण थापाको हत्या भएको छ। सहायक सूचक २७ वर्षीय थापाको माघ २ गते बिहान सवा १० बजे शव फेला पारेको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ सूर्यगाउँमा स्थानीयले थापालाई तोरीबारी नजिकै मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

बाँके जिल्लाका प्रहरी प्रबक्ता डिएसपी सुवास खड्काले थापाको टाउकोमा धारिलो हतियारको चोट देखापरेको र पोष्टमार्टम रिपोर्टले पनि त्यही चोटका कारण उनको मृत्यु भएको देखिएको जानकारी दिए । ‘ थापाको टाउकोमा हतियार प्रहार गरि हत्या गरिएको देखिएको छ,’ डिएसपी खड्काले भने,‘ उनको हत्या कस्ले र किन ग¥यो भन्ने बारेमा अनुसन्धान जारी छ ।’

थापाको शव घरभन्दा साढे २ किलोमिटर परको खेतमा फेला परेको डिएसपी खड्काले फरककोणलाई बताए । प्रहरीले स्थानीय संग सोधपुछ र छलफल गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *