तुलसीपुर, पुस २८ । झन्डै दूइलाख बजार मूल्य बराबरको ब्राउन सुगरसहित घोराहीवाट एक युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १५ सञ्तोष वली दश ग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका हुन ।
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले मंगलवार कार्यालयमा पत्रकार सम्मेलन गरि वलीलाई पुस २६ गते पक्राउ गरिएको जानकारी दिए । झिगौंरास्थित झगबहादुर चौधरीको घरमा डेरा गरि बस्ने २३ बर्षीय प्रकाश गिरीसंग सोही वडाको शुभकामना टोलमा बस्ने वलीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरको कारोबारो गर्ने गरेको गोप्य सूचनाका आधारमा वलीलाई पक्राउ गरिएको एसपी चन्दले बताए ।
हिडिरहेका वलीलाई खान तलासी गर्दा ३ ग्राम ब्राउन सुगर, त्यो तौल गर्न आवश्यक एउटा डिजिटल मेसिन बरामद भएपछि उनको कोठामा चेकजाँच गर्दा थप ७ ग्राम ब्राउन सुगर फेला परेको एसपी चन्दले बताए ।
प्रहरीले वलीको कोठाबाट २४ हजार नगद र उनले प्रयोग गर्ने रा ६ प १५२७ नम्वरको मोटरसाईकल समेत नियन्त्रणमा लिइएको बताएको छ ।