२०८१ असोज ३ गते बिहिवार

सुर्खेतमा बस दूर्घटना : दाङका युवाको मृत्यु

दाङ, पुस २३ । सुर्खेतको भेरी नदीमा बस खस्दा दाङका एक युवाको मृत्यु भएको छ । सल्यानका एक युवा घाइते भएका छन् भने अर्का एक जनाको अबस्था अज्ञात छ । दाङ बबई गाउँपालिका वडा नं. ३का २२ वर्षीय सुमन नेपालीको उपचारका लागि सुर्खेतस्थित मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

बिहीवार दिउँसो पौने ३ बजेतिर ना ५ ख ७७५० नम्बरको बस सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित सडकबाट भेरी नदीमा खस्दा सल्यान कालिमाटी गाउँपालिका वडा नं. ४ खैरीका किशोर सुनार घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जानकारी दिएको छ ।

सल्यानको कालीमाटीबाट सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका लागि छुटेको बस करिब ७ सय मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त बसमा तीन जना सवार थिए।बस नदीमै डुबेकाले अर्का एक जनाको अवस्था भने अज्ञात रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ पुष २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *