२०८१ भाद्र २३ गते आइतवार

नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट स्कूटर चालकको मृत्यु

तुलसीपुर, पुस २१ । दाङको नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट मंगलवार एक जना स्कूटर को मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरका ६५ बर्षीय टोपेन्द्रकुमार पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

लमहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ झ १०२ नम्बरको एम्बुलेन्सले पूर्व तर्फ जाँदै गरेको रा ४ प १५६६ नम्वरको स्कूटरमा सवार पोखरेलाई ठक्कर दिएको खड्काले बताए ।

दिउँसो २ बजेतिर एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका पोखरेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए । एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *