२०८१ भाद्र २३ गते आइतवार

पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत गए

काठमाडौं,पुस २० । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्‍नी सीताको उपचारका लागि भारत गएका छन्।

नेपाल एयरलाइन्सको उडानबाट सीतालाई मुम्बई लगिएको हो ।

अस्वस्थ्य भएपछि केही दिनअघि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि सीतालाई आज भारतको मुम्बई लागिएको हो । उनको साथमा प्रचण्ड र छोरीहरु रेनु र गंगा दाहाल पनि छन्।

सीताको उपचार मुम्बइको न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.बाट लामो समयदेखि पीडित छिन् ।

यसअघि पनि उनको भारत,अमेरिका, सिंगापुरलगायतका अस्पतालमा उपचार गरिएको थियो।

 

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *